काठमाडौं । ओखलढुंगामा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खिजिदेम्बा गाउँपालिका-३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
शेर्पाले ती महिलालाई असोज १९ गते साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया