पेप्सिकोलाबाट ५ लाख बराबरको धनमाल चोरी

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोलाबाट ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

पेप्सीकोला स्थित लक्ष्मण श्रेष्ठको घरबाट धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घर पछाडिको कोठा फुटाई प्रवेश गरेर चोरले मोबाइल, सुनका गहना र नगद चोरेर फरार भएको भेटिएको छ । चोरीमा संलग्न व्यक्ति फरार छन् । घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?