बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।

झापाका शिवसताक्षी नगरपालिका–५ आमबाडी घर भएका ५५ वर्षीय फुलसिंह ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो ।

ताजपुरियाले ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घर नजिकै खेलिरहेकी बालिकालाई उनले धानबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय शिवगञ्जले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?