चरिकोट । दोलखामा मजदुर बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर घाइते भएका छन् ।
दोलखाको लामाबगरमा माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बा४ख ४५७३ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
शुक्रवार बिहान करिब ७ बजे बिगु गाउँपालिका १ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।
दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका ३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका ३ का ४४ वर्षीय हिराप्रसाद मिजारको मृत्यु भएको उनले बताए ।
बसमा चालकसहित करिब २५ जना मजदुर सवार थिए । दुर्घटनामा करिब एक दर्जन मजदुर सामान्य घाइते भएका प्रहरी नायव उपरीक्षक पाठकले बताए ।
उनका अनुसार घाइतेलाई उपचारका लागि सदरमुकाम चरिकोट र सिंगटी बजारका अस्पताल लगिएको छ ।
घटना भएको स्थान चरिकोटबाट करिब ५५ किलोमिटर टाढा उत्तर तिब्बती सीमामा पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया