हेटौँडाको कुखुरा फर्ममा बर्डफ्लू भेटियो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका ७ नागबस्तीस्थितको एक कुखुरा फर्ममा बर्डफ्लू भेटिएको छ । 

कुलप्रसाद चौलागाईंको कमर्सियल लेयर्स फर्मको नमूना परीक्षण गर्दा कुखुरमा बर्डफ्लू भेटिएको हो । प्रमुख जिल्ला अ

धिकारीको अध्यक्षतामा बिहीवार बसेको बैठकले बर्डफ्लू भेटिको फर्मलाई केन्द्रविन्दु मानेर गाउँको चारैतिर कुखुरा निकासी तथा वितरणमा रोक लगाएको छ । 

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै बर्डफ्लू अन्य क्षेत्रमा नफैलिओस् भनेर कुखुरा, अण्डा र कुखुराको सुली पनि बाहिर नजाओस् भनेर रोक लगाइएका छ ।

यसैगरी कुखुरा फर्मको सीमा पूर्वमा वडा नम्बर ६ र ७ को सीमाना, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सीमाना र उत्तरमा वनदेवी दुग्ध उत्पादन संस्था भवनको सीमानाको बाटो, दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सीमाना परिधिभित्रको क्षेत्रबाट कुखुरा जन्य सामग्री बाहिर लान रोक लगाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?