समायोजित प्रहरीको दुई ग्रेड वृद्धि प्रस्ताव

काठमाडौँ–सरकारले प्रहरी समायोजन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । प्रदेशले छुट्टै प्रहरी ऐन नबनाएसम्म प्रदेशले चाहेमा केन्द्रले नै पदपूर्ति गर्ने व्यवस्था समेटेर प्रहरी समायोजन विधेयक दर्ता गरिएको हो ।
दर्ता विधेयक अनुसार समायोजन भएर जाने प्रहरी कर्मचारीले हालको तलबमानमा दुई ग्रेड थप सुविधा पाउनेछन् । विधेयकमा समायोजनमा बाँकी रहेको दरबन्दीमा प्रदेशले पदपूर्ति गर्न पाउने व्यवस्था प्रस्तावित छ ।
अन्तरिम व्यवस्थापनका लागि प्रदेश प्रहरीको पदपूर्ति गर्न माग भएमा मन्त्रालयले त्यस्तो पदमा पदपूर्ति गर्न सक्नेछ । तर, प्रदेश प्रहरी र लोकसेवा आयोग गठन भइसकेपछि प्रदेशस्तरबाटै पदपूर्ति हुनेछ ।
विधेयकमा भनिएको छ, ‘‘प्रदेश प्रहरीको पदमा पदपूर्ति गरिदिने गरी माग प्राप्त भएमा मन्त्रालयले त्यस्तो पदमा पदपूर्तिका लागि नेपाल प्रहरीमा हुने पदपूर्तिको व्यवस्था बमोजिम उम्मेदवार छनोट गर्ने व्यवस्था मिलाई त्यसरी छनोट भएका उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गरी पठाउने सक्नेछ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?