पर्सा,नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले काङ्ग्रेस अहिले इतिहासकै गम्भीर मोडमा रहेकाले सबैको भावनाको सम्मान ,सबैलाई समेटेरजानुको विकल्प नरहेको बताएका छन् ।
नेपाली काङ्ग्रेस पर्सा जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बताएका हुन् ।
फरक प्रसङ्गमा उनले सिके राउतसँगको सम्झौता लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय एकता विपरित भएको टिप्पणी गरे । उनले सिके राउत सरकारको देखाउने पात्र मात्रै भएको ठोकुवा गरे र जनमत सङ्ग्रहको कुरा राष्ट्रिय एकता विपरीत भएको बताएका छन् ।
पर्सा सभापति अजय द्विवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका अगुवा नेता कार्कर्ताको उपस्थिति रहेको थियो ।
जोशीको जिल्ला २ नं प्रदेशको भ्रमणले राष्ट्रिय एकतामा बल र कार्यकर्तामा उत्साह थपेको मिथिलेस मिश्र बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया