काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा ३२ फिट लामो होलीको चीर ठड्याइएको छ । सोसँगै काठमाडौं उपत्यकासहित देशभर औपचारिक रुपमा होली वर्ष शुरु भएको मानिन्छ ।
बिहीवार बिहान ११ः५५ मिनेटको साइतमा बसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चेक तथा दाखचोकमा ३२ फिट उचाइको रंगीपिरङगी होली चीर ठड्याइएको हो ।
चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो ।
होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए ।
‘होली पर्व भगवान कृष्णले गोपीनीहरु नुहाउन गएका बेला उनीहरुको कपडा हरण गरी रुखमा झुण्डयाएकाले सोही स्मरणको रुपमा मनाइने गरिन्छ’ उनले भने ।
होली पर्वलाई बसन्त ऋृतिको आगमनको खुसीयालीमा रंगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूणिर्मासम्म होली पर्व मनाउने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया