पूर्वराजा शाहको ५ दिने मधेस भ्रमण सुरु

जनकपुरधाम– पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमण बुधबारदेखि सुरु भएको छ ।  ५ दिने भ्रमणको सिलसिलामा शाह साँझ जनकपुर आइपुगेका छन् ।

शाह जनकपुर आइपुग्दा राजावादीले भव्य स्वागत गरेका थिए । समर्थकहरुले राजा आउ देश बचाउन, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए ।

शाह आज जनकपुर स्थित सिताशरण होटेलमा बास बस्नेछन् । सिके राउतलाई सरकारले मुलधारमा ल्याएको, मधेसको प्रमुख दल राजपा सरकारसँग असन्तुष्ट बनेको अवस्थामा पूर्वराजाबाट भएको मधेस भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

३ गतेसम्मको भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?