देश नामका लागिमात्र कृषिप्रधान भयोः नेता सिंह

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देश नामका लागिमात्र कृषिप्रधान भएको टिप्प्णी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित बडादशैं, शुभ दीपावली, तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम तथा राजनीतिक उपलब्धि र आजको चुनौती विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुहरु आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले कृषिप्रधान देश नामको लागिमात्र भएको बताएका हुन् ।

उनले भने, ‘कृषिप्रधान देश भनिएको छ तर नाममा मात्र कृषिप्रधान भइरहेको छ । खाद्यान्नदेखि लिएर अरु दैनिक उपभोग्य वस्तुहरु आयात गर्नुपरेको छ । जिल्लातिर जाँदा खेत बाँझै देखिन्छ । त्यसलाई उत्पादनमा लग्न सरकार नीति र कार्यक्रम बनाउन लाग्नुपर्छ ।’

उनले चाडपर्व नजिकिएसँगै बजार धेरै अनियन्त्रित भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले जोड दिनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘दशैँ आइरहेको छ तर बजार एकदमै धेरै अनियन्त्रित भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न सरकारले जोड दिनुपर्छ ।’

यूवाहरु विदेश पठाएर रेमिटेन्सबाट मात्र अर्थतन्त्र सधैँ चलायमान नहुने भन्दै सिंहले चाँडो नीति तथा कार्यक्रम बनाउन आवश्यक भएको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?