गठबन्धन पाँच वर्ष नै जान्छ : नेता नेम्वाङ

लोकपथ
84
Shares

इलाम । नेकपा माओवादी (केन्द्र) का केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ मिक्सोले गठबन्धन पुरा पाँच वर्ष जाने जिकिर गरेका छन्।

समाजवादी मोर्चाले इलाममा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले सरकारले भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशिलताको नीति लिएको र जनताको पक्षमा दृढतापुर्वक काम गररहेको दाबी गरे ।

उनले भने, ‘प्रचण्ड नेतत्वको सरकार बनेपछि भष्टाचार नियन्त्रण, सामाजिक न्यायको पक्षमा लोकप्रीय काम भएको छ । सुशासनका बैरीहरु सकार विरुद्ध षणयन्त्र गर्ने प्रयासमा रहेको तर षणयन्त्र चिरेर समाजवादी गठबन्धन पुरा पाँच बर्ष अघि बढ्नेछ ।’

कार्यक्रममा समाजवादी मोर्चा सम्बद्ध नेताहरुले गठबन्धन निर्माणको पृष्ठभुमी, यसको उदेश्य र आवश्यक्ताबारे विविध विषयमा आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?