विप्लवविरुद्ध प्रतिवन्धको निर्णय गर्दै अष्ट्रिया उडे गृहमन्त्री बादल

काठमाडौं– विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध गराउने निर्णय गराएर गृहमन्त्री रामबहादुर थापा अष्ट्रिया प्रस्थान गरेका छन् ।
 मंगलबार मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेकपा आपराधिक क्रियाकलापमा संलग्न रहेको ठहरसहित प्रतिवन्ध गराउने निर्णय गरेको थियो ।
 सो बैठक सकिएलगत्तै उनी अष्ट्रियामा तय भएको एक सुरक्षासम्बन्धी कार्यक्रमका लागि नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।  

सूत्रका अनुसार गृहमन्त्रालयकै चाहनामा विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?