सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगायो

काठमाडौं– सरकारले विप्पल नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विप्लव समूहले आपराधिक गतिविधिलाई निरन्तरता देखाएको ठहरसहित प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, “उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हो । सोहीअनुसार सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो ।”

सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पु¥याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको जनाइएको छ ।

उक्त समूहको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै उसको गतिविधि निषेध गर्ने निर्णय गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?