फागुन २८ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।आज मिति २०७५ साल फागुन २८ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

1. महिला साफ फुटबल स् नेपालको शानदार जित, भुटान स्तब्ध :  पाँचौ संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपालले शानदार जित निकालेको छ । विराटनगरस्थित शहिद रंगशालामा मंगलवार भएको उद्घाटन खेलको नेपालले भुटानलाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको १३ मिनेट पनि बित्न नपाउँदै नेपालका लागि मन्जली कुमारी योन्जनले पहिलो गोल गर्दै क्लबलाई शु्रुवाती अग्रता दिलाइन् ।

 

2. नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल :  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । प्रचण्डका र प्रधानमन्त्री ओलीवीच मंगलबार विहान छलफल भएको हो । 

3. बम पड्काउने र पैसा असुल्ने समूहसँग वार्ता नगर्ने प्रधानमन्त्री ओलीको भनाई :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने र पैसा असुल्ने समूहसँग वार्ता नगर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको कुराकानीमा  प्रधानमन्त्री ओलीले त्यस्ता समूहसँग वार्ता गर्नुको कुनै अर्थ नभएको बताएका हुन् ।  

 

4. मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते :  मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 
घाइते  ५ जनाको अवस्था गम्भीर रहेको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौडातर्फ  आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

 

5. भारतीय सांसद लाम्बाले हटाइन् अपमानजनक ट्वीट, यसो भनेकी थिइन् नेपालीलाई : आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको ट्वीट हटाएकी छिन् ।लम्बाले आज (मंगलवार) बिहान ट्वीटरमार्फत् नेपालीलाई ‘चौकीदार’ भन्दै अपमानजनक ट्वीट गरेकी थिइन् जुन अहिले उनले डिलीट गरेकी हुन्  । लाम्बाले नेपाल र नेपालीबारे दिएको विवादित अभिव्यक्तिका लागि माफी पनि मागेकी छिन् । 

 

6. सरकारले चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने :  सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना ९इभेन्ट०ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराए ।

 

7. भुटानविरुद्धको खेलमा नेपाली टिमले सोचे अनुरुप खेल्न सकेन प्रशिक्षक खड्का :  नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले जारी पाँचौ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले सोचे अनुरुप खेल्न नसकेको बताएका छन् । विराटनगरमा मंगलवार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३(० गोल अन्तरले पराजित ग(यो । तर, प्रशिक्षक खड्का भने नेपाली टिमको आजको प्रर्दशनबाट त्यहि सन्तुष्ट छैनन् । महिला साफ फुटबल (तस्वीर ) 

8. लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयक – अर्थमन्त्री डा. खतिवडा :  ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आज ‘मंगलवार’को बैंठकमा सो विधेयक माथि सांसदले दर्ता गराएका संशोधनका प्रस्तावमाथि पहिलो चरणमा छलफल शुरु भएको हो । 

9.  सिके राउतसँगको सहमति राष्ट्रघाती हुन सक्ने कांग्रेस नेता केसीको आशंका, उत्ताउलो नबन्न प्रधानमन्त्रीलाई सुझाव :  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले सरकारले सिके राउतसँग गरेको सहमति शंकास्पद भएकाले कारण यसको सूक्ष्म अनुसन्धान  आवश्यक रहेको बताएका छन् । लोकपथ टिभीको कार्यक्रम खास कुरासँगको अन्तर्वार्तामा केसीले सरकारको एक वर्ष काण्डैकाण्डले विभुषित भएको भन्दै यो सहमतिको जड अनेक हुन सक्ने आशंका व्यक्त गरे ।

10. वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छस् सभापति देउवा : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् ।नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताएका हुन् ।

11. एक्लाएक्लै हिँडेर लक्ष्य प्राप्त हुन सक्दैन- मुख्यमन्त्री गुरुङ :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताएका छन् ।तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं अन्तक्र्रिया कार्यक्रममा उनले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेकाले त्यसतर्फ अगाडि बढ्न सबै तहका सरकारबीच हातेमालो हुनु आवश्यक रहेको बताए ।

12. राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना, चेक बाउन्स भए परिएला कानुनको फन्दामा : तपाईको बैंक खातामा कति रकम छ या छैन् रु पहिलो चेक गर्नुहोस् ।यदि तपाईको खातामा प्रयाप्त रकम छैन् । तर, जानी जानी कसैलाई झुक्याउन वा केही दिनको भाका राखेर बैंकमा पैसा निकाल्नु जानुस भन्दै हुनु हुन्छ भने होसियार १ तपाईले काटेको चेक बाउन्स भयो भने कानुनको फन्दामा पर्नु हुनेछ ।

13. सरकारले दोहोरो चरित्र देखाएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।सिके राउत र रेमश चौधरी प्रकरणबारे बोल्दै भट्टराईले सो आरोप लगाएका हुन् । 

14.  नेता भीम रावलको यस्तो आरोप :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले आफूमाथि ‘कसैको खबरी भन्ने जस्तो निकृष्ट प्रायोजित कुप्रचार भएको आरोप लगाएका छन् । चार घण्टा अगाडी उनले ट्वीटरमार्फत आफूमाथि ‘कसैको खबरी भन्ने कूप्रचार गरिएको आरोप लगाएका हुन् । 

 

15. भद्रगोलको पाँडे चरित्रप्रति पाँडे समाजको विरोध : 'पाँडे' चरित्रप्रति विरोध जनाउँदै हालै पाँडे थर भएकाहरुको संगठन ‘नेपाल पाँडे समाज’ ले मिडिया हबलाई पत्र पठाएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला हो भद्रगोल र एक प्रमुख र प्रभावशाली पात्र हुन् ‘पाँडे’ । 

 

16. नेपाल भाषाको विद्यालय खोल्ने ललितपुर महानगरपालिको तयारी : शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ ।बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् । 

 

17. नगरभित्रका विद्यालयमा एउटै पाठ्यपुस्तक र पोशाक :  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा एउटै पाठ्यपुस्तक पढाइ गराइने भएको छ । सामुदायिक र संस्थागत विद्यालयको गुणस्तर समान गराउन नगरपालिकाले दुबै प्रकारका विद्यालयमा एकै खालको पाठ्यपुस्तक पढाउने व्यवस्था गर्न लागिएको हो । 

 

18. माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने :  माछापुच्छ्रे बैंकले ऋणपत्र जारी गर्ने भएको छ ।बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले राष्ट्र बैंकमाऋणपत्र निष्काशनको अनुमति माग्दै आवेदन समेत दिएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र निष्काशनका लागि अनुमति माग्दै आवेदन दिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?