कर्णाली सरकारले इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई तीन लाख दिने

लोकपथ
49
Shares

काठमाडौं । इजरायलमा भएको आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई कर्णाली प्रदेश सरकारले तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

बुधबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद बैठकले इजरायल आक्रमणमा दिवंगत भएका कर्णालीका विद्यार्थीको परिवारलाई राहत स्वरूप तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।

असोज २० गते दक्षिण इजरायलको किबुज अलुमियमा हमासले गरेको आक्रमणमा परि कर्णाली प्रदेश सल्यान जिल्लाका २४ वर्षीय प्रवेश भण्डारीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?