सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकको प्रतिवेदन संशोधनसहित पास

लोकपथ
119
Shares

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले सम्पती शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । उपसिमितिले मंगलबार बुझाएको प्रतिवेदन समितिले संशोधनसहित पास गरेको हो ।

समिति सभापति विमला सुवेदीका अनुसार सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुने प्रस्ताव हटाइएको छ ।

उनका अनुसार प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राखिने छ ।

३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरुको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?