नेपालसँग सामाजिक सुरक्षा सम्झौता तयारी

काठमाडौँ – मलेसियामा विदेशी कामदारको सामाजिक सुरक्षासम्बन्धी सेवा प्रवाह गर्ने सामाजिक सुरक्षा संगठन (सोक्सो) र इन्डोनेसियाको सामाजिक सुरक्षासम्बन्धी एजेन्सी (बीपीजेएस) बीच सहकार्य सम्झौता (एमओसी) भएको छ । मलेसियाले यस्तै सम्झौता छिट्टै नेपाल, बंगलादेश र भारतसँग पनि गर्ने जनाएको छ ।

सामाजिक सुरक्षा संगठन (सोस्को) मलेसियाली मानव संसाधन मन्त्रालयले स्थापना गरेको संस्थागत अंग हो भने बीपीजेएस सामाजिक सुरक्षाका क्षेत्रमा काम गर्ने इन्डोनेसियाको सरकारी एजेन्सी हो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?