काठमाडौँ — चारवटा एयरबस (दुइटा न्यारोबडी/दुइटा बाइडबडी) को मर्मत–सम्भार तथा इन्जिन भाडामा लिन नेपाल वायुसेवा निगमले आह्वान गरेको बोलपत्रमा ३ अर्ब १५ करोड रुपैयाँ बराबरको मूल्य अन्तर देखिएको ठहर गर्दै संघीय संसद्को सार्वजनिक लेखा समितिले ठेक्का पुरस्कृत कार्य स्थगन गर्न निर्देशन दिएको छ ।
समितिले वाइडबडीको कम्पोनेन्ट सप्लाई र इन्जिन ठेक्का छनोट प्रक्रियाबाट बाहिरिएको कम्पनीलाई फेरि समेट्न तथा न्यारोबडीको रद्द गरिएको टेन्डरलाई सुचारु गर्न सोमबार निर्देशन दिएको हो ।
यो निर्णयबाट निगमले चारवटा प्रस्तावकमध्ये बेलायती कम्पनी एजे वाल्टरसँग गरेको सम्झौता खारेज हुने भएको छ भने सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने बेलायती कम्पनी लुफ्थान्सा टेक्निक ठेक्का प्रक्रियामा समेटिने भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया