प्रभु बैँकको १७ औ साधारण सभा सम्पन्न

विभिन्न बाणिज्य बैँक, विकास बैँक, फाइनान्स कम्पनिका आठओटा संस्था गाभिएर बनेको‘प्रभु बैँकले १७ औँ साधारण सभा सम्पन्न गरेको छ ।

८ प्रतिशत लाभांश शेयर दिने नीर्णणका साथ १७ औँ साधारण सभा सम्पन्न भएको हो ।

बैँकका अध्यक्ष देविप्रकाश भट्टचन र पुर्व अध्यक्ष लेखक प्रा डा. रामप्रसाद दाहालले उद्घाटन गरेको सो सभामा १५ जना शेयरधनि सदस्यले मन्तव्य राखेका थिए ।

 कार्यक्रममा बैँकका कार्यकारि प्रमुख असोक शेरचनले बैँकको आर्थिक गतिविधी प्रस्तुत गर्दै १ सय ७० शाखा भन्दा बढि रहेको र करिब २ हजार कर्मचारी कार्यरत रहेको उल्लेख गरे ।

आ. व २०७५ /०७६ को ६ महिनामा बैंकले करिव १ अर्व नाफा गर्न सफल भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?