काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जादैँ छन् । १३ औं संस्करणको असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन उनी भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।
सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिहरुको सहभागीता रहने छ । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया