नेकपा सांसदलाई समिम अन्सारीको जवाफ : कुनै हालतमा ब्याक हुन्न !

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले जवाफ फर्काएका छन् ।

उनले बैठकमा जवाफ दिँदै स्वेच्छिक रुपमा पछि नहट्ने बताएका हुन् ।

नागरिकतामा आफ्नो कारण नभई अरुका कारण प्रश्न उठेको भन्दै उनले खुल्ला रुपमा छानबिन गर्न चुनौती दिए ।

संसदीय सुनुवाई विशेष समितिमा सत्तारुढ नेकपाका सांसदहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डेले भोलि कानुनी समस्या आउने भन्दै स्वेच्छिक रुपमा पछि हट्न सुझाएका थिए । 

 

सुनुवाइ समितिमा अन्सारीको एसएलसी र प्रमाणपत्र तहको सर्टिफिकेट नक्कली भएको, नागरिकता विवादित रहेको र नेकपाको केन्द्रीय सदस्य रहेको उजुरी परेको थियो । 

यो पनि पढ्नुहोस् ।  

समिमलाई योगेशले दिए यस्ता सुझाव,कानूनी झमेला आउला !

_अन्सारीलाई जोगाउन सत्तारूढ नेकपाको कसरत सुरु

_संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध परेका उजुरीको खोल्दै सुनुवाई समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?