काठमाडौं । राहत शिक्षकको अन्दोलनका कारण सवारी आवागमन प्रभावित भएको छ ।
आन्दोलनका कारण माइतिघर ,बिजुली बजार हुदैँ नयांवानेश्वर जाने सर्भिस लेन भएर चल्ने सवारी साधनहरु प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको हो ।
संघीय शिक्षक ऐनमा आफूहरूलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरुको रहेको छ । आफूहरूको सबै माग पूरा गर्ने सम्झौता सरकारले अझै कार्यान्वयनमा नल्याएपछि आफूहरू आन्दोलनमा गर्न बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघले जनाएको छ ।
राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया