महायज्ञमा उठ्यो चार करोड ८४ लाख रुपैयाँ

तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा  चार करोड ८४ लाख रुपैयाँ सङ्कलन भएको छ । 

माघको अन्तिम साता आयोजना गरिएको महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर आयोजना गरिएको महायज्ञमा दुई करोड ६२ लाख बचत भएको हो । 

आयोजकले  महायज्ञमा टाढाटाढाबाट आउने भक्तजनहरुलाई देवघाटमै बस्ने तथा खाने सबै सुविधा प्रदान गरेकाले महायज्ञको व्यवस्थापनमा  दुई करोड रुपैयाँ खर्च भएकोले महायज्ञबाट दुई करोड ६२ लाख रुपैयाँ बचत भएको हो । 

विसं २०५० सालमा स्थापना भएको गुरुकुलले कक्षा ६ देखि स्नातकोत्तरसम्म विद्यार्थीलाई आवासीय सुविधासहित अध्यापन गराउदै आएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?