काठमाडौं । डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् ।
पर्शुराम नगरपालिका-४ कटाल बस्ने टेक बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय करन देब ओझा समेत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बोहराको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया