काठमाडाैं । झण्डै चार दशक लामो इतिहास बोकेको ढिकुरपोखरी तीज मेला २०८० सम्पन्न भएको छ । ढिकुरपोखरीको सान, तीजमा भकुण्डो हाम्रो पहिचान भन्ने मूल नाराका साथ भदौ २८ गतेबाट सञ्चालित ४२ औँ ढिकुरपोखरी तीज मेला आजबाट समापन भएको हो ।

मेलाका संयोजक वीरेन्द्र गुरुङ (विक्रम ) का अनुसार ढिकुरपोखरी युवा सञ्जाल ले विगतका बर्षहरुमा जस्तै पुरुष नक–आउट फुटबल प्रतियोगिता साथै यस् बर्ष बाट महिला नक–आउट फुटबल प्रतियोगिता पनि सफलताका साथ सम्पन्न भएको छ ।
पुरूष तर्फको बिजेता टोली बुन एफसी पोखरा र उप बिजेता हेम्जा युनाइटेडले क्रमश नगद रू ३ लाख ३ सय र १ ७० हजार १ सय रुपैयाँका साथै ट्रफी, मेडल अनि प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी, महिला तर्फको विजेता टोली ढिकुरपोखरी संजाल र उप बिजेता न्योरोड बारिस्ता ले क्रमश नगद ३३ हजार ३ सय ३३ र १७ हजार ७ सय ७७ साथै ट्रफी , मेडल अनि प्रमाणपत्र प्राप्त गरेका छन् ।
समापन कार्यक्रममा गण्डकी प्रदेश प्रमुख सुरेन्द्र राज पाण्डेले आफ्नो मन्तब्यका क्रममा , यस क्षेत्रमा हुने खेलकुद गतिविधि लाई प्रदेश सरकारले सहयोग साथै हौसला प्रदान गर्दै आएको र आगामी वर्षहरुमा पनि प्रदेश सरकारको साथ र सहयोग निरन्तर रहने बताए ।

उक्त प्रतियोगिताको अनुशासित टिमले १५ हजार सर्वोत्कृष्ट खेलाडीले १० हजार र सर्वाधिक गोलकर्ता ८ हजार रुपैयाँबाट सम्मानित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया