एल.जी.फ्ल्यागसीप शोरुम पुन: सञ्चालनमा

लोकपथ
77
Shares

काठमाडौं । चौधरी गु्रप अन्तर्गत मिनभवनमा रहेको एल. जी. ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः सञ्चालनमा आएको छ । फ्लगागसीप र आधुनिक डिजाइनमा खोलिएको यो शोरुममा एल. जी. ब्राण्डका घरायसी बिद्युत्यि सामाग्रीहरु जस्तै एलईडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कन्डिस्नर, माईक्रो वेभ ओभन, भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध रहेको छ ।

मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यो सोरुम एल. जी. ब्राण्डको प्mल्यागसीप सोरुम हो । ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरुबाट यहाँ भएका बिद्युतिय सामाग्रीहरुबारे जानकारी पनि लिन सक्नेछन् । यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहनेछ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नं. ०१–४१०६५३०-४१०६६५२ मा सम्पर्क गर्न सक्नेछन् ।

यस एल. जी. शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, ०% किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ । साथै प्रोडक्ट लाईभ डेमो, कुकिङ क्लास र प्रिभेन्टीभ मेन्टिनेन्स सर्भिस (पिएमएस) को पनि ब्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?