काठमाडौं । बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन रकम झण्डै तीन प्रतिशतले बढेको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमा कम्पनी कम्पनीहरुको कुल बीमा शुल्क संकलन दुई दशमलव ८७ प्रतिशतले बढेको हो ।
सो अनुसार अघिल्लो आवमा एक खर्ब ७७ अर्ब ८१ करोड रुपैंयाँ रहेको बीमा कम्पनीहरुको कुल बीमा शुल्क रकम पछिल्लो अवधिमा पाँच अर्ब १० करोड रुपैंयाँले बढेर एक खर्ब ८२ अर्ब ९१ करोड रुपैंयाँ पुगेको छ ।
प्राधिकरण अनुसार आव २०७८/०७९ मा जीबन बीमा कम्पनीहरुको मात्र कुल बीमा शुल्क रकम एक खर्ब ३८ अर्ब ६४ करोड रुपैंयाँ रहेको थियो । यो रकम पछिल्लो अवधिमा भने दुई दशमलव ८४ प्रतिशत अर्थात तीन अर्ब ९३ करोड रुपैंयाँले बढेर आव २०७९/०८० मा एक खर्ब ४२ अर्ब ५७ करोड रुपैंयाँ पुगेको छ ।
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क संकलन रकम भने पछिल्लो बर्षमा दुई दशमलव ९८ प्रतिशतले बढेर ४० अर्ब ३४ करोड रुपैंयाँ कायम भएको छ । यो रकम अघिल्लो आवको तुलनामा एक अर्ब १७ करोड रुपैैंयाँले बढी हो । प्राधिकरण अनुसार आव २०७८/०७९ मा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन रकम ३९ अर्ब १७ करोड रुपैंयाँ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया