सेना दिवसको प्रदर्शनीमा प्यारासुटबाट खस्दा एक सेना घाइते

काठमाडौं ।  नेपाली सेनाले विशेष फौज तथा प्रर्दशनी गर्दा एक जना सिपाही घाइते भएका छन्।

प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने दुर्घटना भएको हो । घाइते भएका सिपाहीको वीर अस्पताल उपचारको भइरहेको छ । 

आज सेना दिवसको अवसरमा नेपाली सेनाले  सैनिक मञ्च टुँडिखेलमा शिवरात्री परेड तथा तोप, बढाइँ, कवाज, आतिसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाइरहेको छ ।  

नेपाली सेनाले सोमवार मुलुकभर ‘सेना दिवस’ मनाइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?