काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही स्थानहरुमा दुईतर्फी रुपमा सवारी आवगमन प्रभावित हुने भन्दै वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
विषेश कारणवश बालुवाटार, शिवपुरी कलेज, एकेडेमी मोड, शितलनिवास, पानीपोखरी, लाजिम्पाट, लैनचौर, केशरमहल, संग्रहालय गेट, महेन्द्रशालिक, घण्टाघर, पुरानो बसपार्क र भद्रकालि हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा प्रभावित हुनेभन्दै उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्नु महाशाखाले अनुरोध गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया