स्वास्थ्यमन्त्री बस्नेत र इजिप्टका स्वास्थ्यमन्त्री गफारबीच भेटवार्ता

लोकपथ
21
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ।

अतिरिक्त सचीव डा. विकास देवकोटा र इजिप्टका लागि नेपालका महामहिम राजदूत सुशील कुमार लम्सालको सहभागीतामा दुवै देशका स्वास्थ्यमन्त्रीको भेटवार्ता भएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

सचिवालयले का अनुसार कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विविध आयामका बारे विचार विमर्श भएको छ ।

भेटका क्रममा इजिप्टमा अध्यनरत नेपाली विद्यार्थीहरुका विभिन्न समस्याहरु, अध्ययनका लागि छात्रवृत्ति कोटा बढाउने, स्वास्थ्य क्षेत्र सुधारका लागी दुबै देशका स्वास्थ्य पदाधिकारी बिच भिजिट आदानप्रदान गर्ने लगायतका बिषयमा छलफल भएको थियो

मन्त्री बस्नेत भदौ १९ देखि २२ गतेसम्म कायरोमा आयोजना भइरहेको स्वास्थ्य, जनसङ्ख्या तथा विकाससम्बन्धी विश्व सम्मेलन, २०२३ मा भाग लिन इजिप्ट गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?