काठमाडौं । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित रामजानकी मन्दिरका मिश्रीलाल मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातीक आक्रमण भएको छ ।
बिहीबार राति उनीमाथि अज्ञात समूूहले आक्रमण भएको हो । कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले लोकपथलाई जानकारी दिए ।
‘उहाँमाथि बिहीबार राति आक्रमण भएको हो । कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’ उनले भने ।
आक्रमणमा परेपछि उनलाई उपचारका लागि लगिएको थियो । अहिले अवस्था सामान्य रहेको एसपी श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया