गौहत्याविरुद्ध माईतिघरमा विद्यार्थीहरूको प्रदर्शन

लोकपथ
28
Shares

काठमाडौं । कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर, गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रर्दशन गरेका छन् ।

मंगलबार गाई मार्न पाईदैन, कानूनको पालना गरलगायतका नारासहित काठमाडौंको माईतिघरमा विरोध प्रर्दशन गरेका हुन् ।

उक्त प्रदर्शनमा सहभागि विद्यार्थी शुसान्त आचार्यले गाई मारेर खाने कार्य भईरहेको वेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए ।

‘गाईको हत्या भएको सरकार हेरेरमात्र बसिरहेको छ । सरकारलाई कानून पढाउने हिसावले हामी यहाँ आएका हौं ।’ उनले भने ।

उनले गाई मार्नेलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । गाई जस्तो राष्ट्रिय जनावरलाई मारेर पाप गरेको त्यस्तो व्यक्तिलाई सरकारले केही नगरे आफुहरुले नछोड्ने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?