काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्माले सुबिन भट्टराईको इजोरिया उपन्यास पढ्न थालेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै ओलीले सो कुरा जानकारी गराएका हुन् । मदन पुरस्कारका लागि समेत टप ५ मा इजोरिया छनोट भएको छ । जसको कारण धेरै व्यक्तिहरुबाट आफूलाई उक्त किताब पढ्न सुझाव दिएको बताएपछि आफूले पुस्तक पढ्न लागेको बताए ।
आफूले सरसर्ती हेर्दा भाषा सरल लागेको समेत बताएका छन् ।
‘सुबिन भट्टराईको इजोरिया हिजो पाएँ। यो उपन्यास मदन पुरस्कारको सूचीमा पनि छ । खासगरी सामाजिक सञ्जालमा धेरैजसोले यो किताब पढ्न सुझाव दिँदै म्यासेज र कमेन्ट गर्नु भएको थियो। सरसर्ती हेर्दा युवाले मन पराउने भाषाशैली रहेछ । कतिले पढ्नु भयो र कस्तो लाग्यो ?’ उनले भनेका छन् ।
युवाहरुमाझ चर्चित लेखक भट्टराईको उक्त उपन्यासले राम्रो पाठक पाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया