काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा भाद्र १० गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
कम्पनीको हालको पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार सात सय ९० रुपैंयाँ ५० पैसाको प्रतिकित्ता एक सय रुपैंयाँ अंकित मुल्य बराबरको १० कित्ता सेयरको ६ः६ को को अनुपातमा ९६ लाख ३१ हजार दुई सय २० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया