काठमाडौं । प्रहरीले २१ किलो लागू औषध चरेश सहित ४ जना पक्राउ गरेको छ ।
लाजिम्पाट ईलाकामा लागू औषध विक्रि वितरण तथा ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा विशेष टोली परिचालन गरि खोजतलास गर्ने क्रममा लागू औषध चरेश सहित ४ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मकवानपुर घर भई हाल काठमाडौं बस्दै आएका २६ वर्षीय राम कु. मोक्तान, २५ वर्षीय रमेश कु.मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय गोलेराजेन्द्र गोले रहेको महानगरीय प्रहरी परिसरले विज्ञप्ति मर्फत जानकारी दिएको हो ।
पक्राउमा परेकाहरुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त दरवारमार्गमा राखिएको छ भने थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता प्रनाउ होविन्द्र वोगटीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया