काठमाडौं । नेपाल प्रहरीमा पछिल्लो पटक थपिएको मानव बेचबिखन ब्यूरोले गर्ने भएको छ ।
भारतको मणिपुरबाट एक सय ७९ जना नेपालीलाई उद्धार गरेर ल्याइएको घटनाको अनुसन्धानको जिम्मेवारी ब्यूरोलाई दिइएको हो ।
‘ब्यूरोले अहिले हेडक्वार्टरबाटै काम थालेको श्रोतको भनाई छ । ब्यूरो चाँडै बबरमहतस्थित कानून व्यवस्था विभागको भवनबाट सञ्चालनमा आउने छ । दिल्लीस्थित नेपाली राजदूतावासको सूचनामा मणिपुर सरकार र मणिपुर प्रहरीको सहयोगमा १४७ महिला र ३२ पुरुषलाई बुधबार काठमाडौं ल्याइएको थियो ।
उद्दार गरिएका मध्ये ९४ जना माइती नेपाल, ३२ जना प्रवासी नेपाली समन्वय समिति, १५ जना आम्कास नेपाल, १० जना शक्ति समूह, २० जना पौरखी नेपाल र ८ जनालाई साथी नामक संस्थामा राखिएको छ ।
भारतको मणिपुरसम्म उनीहरुलाई पुर्याएको आरोपमा ५ जनालाई पक्राउ गरेको भनिएको भएपनि त्यसबारे विस्तृत विवरण आइसकेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया