समाज कल्याण परिषद्का पदाधिकारीहरु निलम्बन

काठमाडौं । भ्रष्टाचार, अनियमितता र पदीय दुरुपयोग गरेको आरोपमा सरकारले समाज कल्याण परिषद्का पदाधिकारीहरुलाई निलम्बन गरेको छ ।

सरकारले गरेका निर्णयहरुको जानकारी दिन आज आयोजित नियमित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले सो जानकारी दिएका हुन् ।

उनीहरुमाथि थप छानबिन र कानूनी कारवाहीका लागि फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको जानकारी पनि प्रवक्ता वाँस्कोटाले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?