होटलमा एक खर्ब लगानी

 काठमाडौं – २०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ।

पछिल्ला समय देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटलसम्म गरेर एक खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको हो।

पछिल्लो समयमा होटल उद्योगमा झण्डै साढे तीन खर्ब लगानीको प्रतिबद्धता आएको थियो। प्रतिबद्धताअनुसार लगानी आइसकेको छैन र मुलुकभरको यकिन तथ्यांक पनि छैन। नेपाल होटल संघ (हान) का पदाधिकारीको अनुमानमा निजी क्षेत्रबाट एक खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको छ। नागरिक दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?