तीन सय ५२ थान लागूऔषसहित तनहुँबाट गुरुङ पक्राउ

काठमाडौं । तनहुँबाट तीन सय ५२ थान लागूऔषसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको बा४ ख ७७१४ नम्बरको यात्रुबाहक बस तनहुँ व्यास नगरपालिका १२ घाँसीकुवास्थित पृथ्वीराजमार्गमा चेकजाँच गर्ने क्रममा बुधवार दिउँसो ३ सय ५२ थान लागूऔषधसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिा १६ अमरदिप बस्ने वर्ष १६ का मिलन गुरुङ छन् । 

पक्राउ परेका गुरुङको साथबाट 2 ML को Diazepam  १ सय १२ थान, Phenergan 2 ML १ सय २० थान र Noophin 2 ML १ सय ११ थान गरीजम्मा ३ सय ५२ थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । 

उनले लागूऔषध पोखरा लैजान लगेको प्रारम्कि अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनलाई लागूऔषध मुद्दामा अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको अर्यालले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?