ट्याक्सीमा छुटेको ३ लाख ५० हजार बराबरको धनमाल चालकद्वारा सम्बन्धित व्यक्तिलाई फिर्ता

काठमाडौं । बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल प्रहरीले सम्बन्धीत धनीलाई बुझाएको छ । 

बुधवार बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म उक्त ट्याक्सीमा यात्रा गर्ने क्रममा सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान गरी उक्त रूपैयाँ बराबरको धनमाल ट्याक्सीमा छुटेको थियो । 

सामान आफ्नो ट्याक्सीमा छुटेको थाहा पाएपछि ट्याक्सी चालक काठमाडौं भिमसेनगोला बस्ने सुनसरी धरान उपमहानगरपालिका १९ चौकीवारीका ३८ वर्षीय सिमल राईले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएपछि प्रहरीले सम्बन्धीत सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुषाललाई हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?