सरकार आफ्नो कमजोरी लुकाउन अरुलाई आरोप लगाउदै छ : महासचिव पोखरेल

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एकालेका महासचिव शंकर पोखरेलले हालको सरकार बैधानिक कामको विरोधी र अबैधानिक कामको पुष्ट पोषक भएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी पर्साकाले बीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बोल्दै पछिल्लो समयमा देशमा २ हजार किलो सम्म अबैध सुन आएको र एक अरब भन्दा वेसीको राजस्व हिनामिना भएको छ ।

सरकार आफ्नो कमजोरी लुकाउन अरुलाई आरोपित गर्ने घृनिट खेलमा लागेको आरोप लगाउदै पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले नेकपा एमाले निष्पक्ष न्यायिक कमिटि गठन गरी सबै खाले भ्रष्टाचारका घटनाहरुलाई छानविन गर्न माग गरी रहदा आफ्ना मान्छेहरुलाई बचाउने खेलमा सरकारका प्रधानमन्त्रीदेखि गृहमन्त्री सम्म लागेका, र आफ्ना पार्टीका व्यक्तिहरुको नाम आउँदा त्यो कुरालाई सरकारले दवाउने प्रयास गरे जनताले बुझिसकेको बताउदै पोखरेलले चिनियाँ नागरिकलाई २३४ पटक फोन गर्ने के महत्वको बिषय भएको प्रश्न सबै सामुह उबजिएको बताए ।

मधेशमा नेकपा एमालाई हाल भन्दा अझ कसरी मजबुद बनाउने दिशामा पार्टीले काम गरी रहेको जनताको भरोसाको केन्द्र बिन्दु नेकपा एमाले नै रहेको कारण मधेशका सबै नेताहरुलाई नेकपा एमालेमा समाहित हुन पोखरेलले आग्रह गरे ।

प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराले सहजिकरण गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराई, सघिय सांसदहरु अच्युत मैनाली, राजकुमार गुप्ता,प्रभु हजरा त्यसैगरी पार्टीका पर्सा संयोजक डा. बिश्वभर शर्मा, नेता शिव पटेल, बिजय सरावगी लगायतको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?