काठमाडौं । स्पेनमा भएका विभिन्न सामाजिक, राजनीतिक, बैचारीक संघसंस्थाहरुसँग नेपाली दुताबासले गरेको बृहत्तर छलफल कार्यक्रम सम्पन्न गरेको छ । सोमबार दुताबासको कार्यायमा भएको कार्यक्रममा बुद्धिजिवि, समाजसेवी, पत्रकार लगायतको ब्यापक उपस्थितीमा आगामी दिनहरुमा कसरी सहजीकरण र चुस्त सेवा प्रवाहका सम्बन्ध विभिन्न धारणा राखिएको थियो ।
दुताबासका कार्यबाहक राजदुत हरिहर कान्त पौडेलले सरकारको सुखि नेपाली समृद्ध नेपाल नारालाई सार्थक बनाउन स्पेनमा भएका नेपालीहरुले नेपालको ब्यापार घाटालाई कसरी कम गर्दै देशमा लगानी भित्र्याउनेदेखि पर्यटन, ब्यापार प्रर्वधन गर्न सबै क्षेत्रबाट हात्तेमालो गरी सहयोग गरिदिन आग्रह गरेको बताए ।
नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष तथा एनआरएनएका स्पेनका पूर्व उपाध्यक्षसमेत रहेका अर्जुन आचार्यले नेपालीहरुको परिवार मिलनकादेखि बाआमा ल्याउने काममा दिल्ली दुताबासमा काम गर्ने भारतिय कर्मचारी र तिनिहरुको मतियारले नेपालीलाई हेर्ने दृष्टिकोण नियतबस खराब हुँदा विचौलीयाले अनाहकमा दुःख दिने गरेको आम नेपालीहरुको भनाई राखेका थिए ।
एनआरएनए स्पेनका पूर्व सचिव रामकृष्ण पुडासैनीले भने, नेपाल र स्पेनको भुगोल मिल्ने भएकाले ओलिबको नेपालमा खेती गर्न प्रचुर सम्भावना रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया