काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ ।
लागत समय र लागत मुल्य घटनेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन्।
मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन गरेको हो । ‘करिब २ अर्ब २ करोड लागत मुल्य र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको छ’ मन्त्री ज्वालाले भने ‘सुरुङ मार्ग थपिदा सडकको लम्वाई घट्यो र मुल्य दुवै घट्यो ।’
काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको ब्यवस्थापनमा निर्माण कार्य भइरहेको छ ।
२०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ । २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाएका थिए । ‘द्रुतमार्गको काम द्रुत गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’ नेपाली सेनाका अधिकारीहरुसँग मन्त्री ज्वालाको भनाई थियो ।
डिपीआर संशोधन भएपनि लागत मुल्य पनि घट्ने भएको छ । २ खर्ब १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्व ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया