काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत भारतको गान्धि नगरमा हुने डब्लुएओ डिक्लेरेसनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
मंगलबार भारत भ्रमण प्रस्थान गर्नु भन्दा अगाडी त्रिभुवन विमानस्थलमा पत्रकारसंग मन्त्री बस्नेतले, भने ‘गुजरातमा डब्लुएचओले आयोजना गरेको गान्धीनगर डिक्लेरेशन २०२३ मा नेपालको तर्फबाट हाम्रो टिमले प्रतिनीधित्व गर्दै छ । ’यो कार्यक्रममा साउथ एसियाका १० वटा राष्ट्रहरुको उच्च तहका राजनीतिक सहभागिता रहने उनले बताए ।
आगामी महिना हुने राष्ट्रसंघको राष्ट्रिय सम्मेलनमा क्षयरोग प्रमुख एजेण्डाको रुपमा रहने भन्दै उनले यो सम्मेलन त्यसको तयारीका लागि महत्वपूर्ण हुने उनको विश्वास छ ।
उनले भने ‘आगामी महिना युएनको जेनरल एसेम्लीमा टिविको एजेण्डा प्रमख एजेण्डा रहने हुँदा युएन हाईलेवल मिटिङको पूर्व तयारीकोरुपमा पनि लिएका छौं । नेपालले पनि राष्ट्रिय स्तरमा क्षयरोगको अन्त्य गर्न उच्च प्राथमिकता राखेको छ । ’
सो क्रममा भारतीय स्वास्थ्यमन्त्रीलगायतसंग भेटवार्ता हुने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया