काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई लक्षित गर्दै दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गरेका छन् ।
बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै उनले नेता नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्नको लागि दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताएका छन् ।
‘हामीलाई पनि झोले भन्छन् । तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन् । त्यसलाई भन्छन् झोले । नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरुको झोला बोकेका छन् दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरु हुन् । शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया