काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद सत्ता पक्ष र प्रतिपक्षले हाइज्याक गरेको बताएका छन् ।
प्रतिनिधिसभामा निरन्तर अवारेध हुन थालेपछि पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले सो कुरा बताएका हुन् ।
सोमबार बसेको बैठक एमालेको अवरोधपछि सरेको छ । आजको बैठकमा लामिछानेले बोल्नका लागि समय माग गरेका थिए । एमालेको अवरोधका कारण उनले बोल्न पाएका थिइनन् ।
यसअघि पनि लामिछानेले तीन दलका तीन शीर्ष नेताहरुले संसदलाई बन्धक बनाएको भन्दै कटाक्ष गरेका थिए ।
सोमबार उनले सामाजिक सञ्जालमा प्रतिनिधि सभा हाइज्याक गरेको लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया