प्रजातन्त्र दिवसमा शुभकामना दिँदै के– के भने ज्ञानेन्द्रले ?

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले राष्ट्र दिनप्रति दिन कमजोर बन्दै गएको बताएका छन् ।

६९ औं प्रजातन्त्र दिवसको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै शाहले भनेका छन्, ‘राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रति दिन कमजोर बनिरहेको छ ।’

जनताको हित, सूरक्षा र विकासको मूलभूत साधन नै प्रजातन्त्र भएको भन्दै शाहले सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन नसक्ने उल्लेख गरेको छन् ।

देश दर्शनको क्रममा आफूले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा नरहेको पनि शाहले बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?