कर तिर्दैनन् महानगरका घरधनी

 काठमाडाैं – २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार काठमाडौं महानगरपालिकाभित्र एक लाख ६१ घर छन्। तीमध्ये ९५ प्रतिशतभन्दा धेरै घरधनीले घर डेरामा लगाएका छन्। तर, अधिकांश घरधनीले भने महानगरलाई तिर्नुपर्ने घरबहाल वापतको कर तिर्न आनाकानी गरिरहेका छन्। नागरिक दैनिकमा खबर छ ।
घरधनीले कर तिर्दैनन् भन्ने जान्दाजान्दै पनि नियमक निकाय महानगरपालिका भने मुखदर्शक बनेको छ। करको दायरामा आउनेलाई कारबाही गर्नुको सट्टा महानगर उल्टै घरधनीको यकिन तथ्यांक नभएको भन्दै पन्छिने गरेको छ।
गत वर्षसम्म महानगरपालिकाले दुई प्रतिशत र आन्तरिक राजश्व कार्यालयले १० प्रतिशत छुट्टाछुट्टै घर बहाल कर उठाउँथे। तर, गत वर्षदेखि घरबहाल कर उठाउने जिम्मेवार महानगर मातहत आइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?