सप्तरीमा ट्रक दुर्घटना, दुई जनाको घटनास्थमै मृत्यु

सप्तरी– सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा आज ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थमै मृत्यु भएको छ ।

अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना।५ख १६५१ नंको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार बारा निजगढ नगरपालिका–८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामाको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मैदा लोड भएको ट्रक अनियन्त्रित भई रूखमा ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?