काठमाडौं । कञ्चनपुरमा ६० हजार घुसहित नगरपालिकाका सब इन्जिनियर पक्राउ परेका छन् ।
बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाई ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
उनले नगरपालिका ४ र ६ जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिल फरफारकका लागि सेवाग्राहीसँग ६० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले आइतवार नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका बजगाईलाई अख्तियारको हिरासतमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान शुरु भएको अख्तियारको कञ्चनपुर कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया